बारा-पर्साका पीडितका लागि म्याग्दीका विद्यार्थीले राहत संकलन गरे

ए वान डेस्क
२० चैत्र २०७५, बुधबार ११:०२

बारा र पर्साका हावाहुरी पीडितहरुको राहतका लागि म्याग्दीका विद्यार्थीहरुले आर्थिक सहयोग संकलन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववीयु र अनेरास्वीयु क्रान्तिकारीले सदरमुकाम बेनीमा घरदैलो गरेर मंगलबार ६२ हजार ७११ रुपैयाँ सहयोग संकलन गरे ।

अनेरास्ववीयुका अध्यक्ष सुवास विश्वकर्मा र अनेरास्ववीयु क्रान्तिकारीका यामनाथ पौडेलको नतेृत्वमा दुवै संगठनका विद्यार्थीहरुले बेनीका विभिन्न चोक र मंगलाघाटमा सहयोगको अपिल गर्दै घरदैलो गरेका थिए ।

संकलित रकम हावाहुरी प्रभावित क्षेत्रमा उद्वारका लागि पुगेका विद्यार्थी नेता प्रकाश पौडेल मार्फत पीडितलाई उपलब्ध गराइने अनेरास्वीयुका जिल्ला सदस्य समिर रोकाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*