राष्ट्रिय सहकारी दिवस : डुमरवानामा अन्र्तक्रिया सम्पन्न
ए वान डेस्क /
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाले ६२औ अन्तराष्ट्रिय दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । दिवसको अवसरमा डुमरवानास्थित संस्थाको केन्द्रिय कार्यालयमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा संस्थाले सञ्चालन गरेको बिभिन्न गतिविधिका बिषयमा छलफल भएको थियो । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि डुमरवाना बारा अन्तर्गतको सेवा केन्द्र कोल्हवीका संयोजक विश्वनाथ प्रसाद चौधरी, सेवा केन्द्र सिमराका लक्ष्मी गीरी, निजगढ सेवा केन्द्रका संयोजक सीता खड्का, लेखा समिति संयोजक मुक्ति के.सी लगाएतले संस्थाको गतिविधि तथा सहकारी सम्बन्धी जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले दिनुभएको थियो । जिल्लाका विभिन्न सहकारी संस्थाहरु ६२ औं अन्तराष्ट्रिय सहकारी दिवसको औपचारिक कार्यक्रम स्थगित गरेकर हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण कार्यक्रममा जुटेका बेला संस्थाले पनि छिटै राहातको प्याकेज लिएर हावाहुरी प्रभावित क्षेत्रमा जाने कुरा संस्थाका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी गराउनुभयो ।
कार्यक्रममा डुमरवाना बहुमुखि क्याम्पसका अध्यक्ष तथा सेवा केन्द्र डुमरवना का संचालक पलट प्रसाद चौधरी समाजसेवी तथा सल्लाहाकर समिति सभापती भरतबहादुर खड्का लागाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संचालक समिति सदस्य सिताराम लामिछानेले गर्नु भएको थियो ।















