भक्तपुरमा बर्डफ्लु भेटियो, ३ हजार कुखुरा नष्ट

ए वान डेस्क
२१ चैत्र २०७५, बिहीबार १४:२६

देशका केही जिल्लामा देखिँदैै आएको बर्डफ्लु भक्तपुरमा समेत देखिएको छ । सूर्यविनायक नगरपालिका वडानम्बर ४ दधिकोटमा रहेको एक कृषि फार्ममा बर्डफ्लु देखिएपछि त्याहाँका कुखुरा बुधबार बेलुका नष्ट गरिएको छ ।

दधिकोट तर्खगालको सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।

एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटनरी अस्पतालका पशुसेवा विज्ञ डा. चन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।

उक्त क्षेत्र वरपरका चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि संक्रमण मुक्त गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको बताइएको छ ।

नगरपालिकाका पशु विकाश अधिकृत पूर्णचन्द्र शर्माले अन्यत्र संक्रमण फैलिन नदिन विशेष सर्तकर्ता अपनाइएको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*