नेपाल आयल निगमले बारामा बाड्यो १ हजार बोरा चामल

ए वान डेस्क
२१ चैत्र २०७५, बिहीबार १९:५४

ए वान डेस्क /

नेपाल आयल निगमले हावाहुरीबाट क्षेतिग्रस्त बनेको बारामा आज १ हजार बोरा चामल बाडेको छ । क्षेत्रिय डिपो अमलेखगञ्जको समन्वयमा नेपाल आयल निगमले आज जिल्लाको बिभिन्न क्षेत्रमा १ हजार बोरा चामल बाडेको हो ।

जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रभावित क्षेत्रहरुमा आज १ हजार बोरा चामल वितरण गरिएको आयल निगम अमलेखगञ्जका प्रमुख प्रदिप यादवले जानकारी दिनुभयो । आज एक कार्यक्रमकाबिच उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले हावाहुरी प्रभावितहरुलाई चामल वितरण गर्नुभएको थियो ।

डिपो प्रमुख यादवका अनुसार जिल्लाको फेटा गाउपालिकामा २७०, सुवर्णपुर गाउपालिकामा २५०, प्रर्सौनी गाउपालिकामा १८० र परवानिपुर गाउपालिकामा ३०० बोरा चामल वितरण गरिएको छ । आईतबार बारा र पर्सामा आएको भिषण हावाहुरीका कारण अहिलेसम्म २८ जनाको मृत्यु भईसकेको छ भने २ जनाभन्दा बढि घाईते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*