बारा–पर्साको हावाहुरी पीडितका लागि सिमरामा रक्तदान कार्यक्रम
गत आइतबार साझ बारा र पर्सामा आएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्दै बाराको सिमरामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
आज नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सिमरा कलेजको आयोजना र सिमरा जेसिसको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएकोे हो । सिमराको गुप्ता मार्केटमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ९ महिला सहित ७२ जनाले रक्तदान गरेको सिमरा कलेजका कलेज प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।
आईतबार आएको हावाहुरीका कारण २९ जनाको मृत्यु भइसेकेको छ । घाईतेमध्ये ९ जनालाई काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरुको बारा पर्साका बिभिन्न अस्पतालमा उपचार भइएरहेको छ ।
सिमरा कलेजका कलेज प्रमुख अधिकारीले ले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै हावाहुरीबाट घाईते भएकाहरुको रगतको कमी नहोस भन्दै कलेजको नियमित बार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम गरिएको बताएका छन् । संकलित रगत रेडक्रसको माध्यमबाट घाइतेसम्म पुर्याइने उनले बताएका छन् ।















