आगलागीबाट २३ लाख बराबरको क्षति
सुनसरीको कोसी गाउँपालिका ४ स्थित जुद्धगंजमा आगलागी हुँदा ९ परिवारका ८ वटा घर जलेर नष्ट भएको छ। शुक्रबार बिहान भएको आगलागीमा स्थानीय रहरमान मन्सुरी, ललित मियाँ, सलिम, फिरोज, अफरुज, मलिम, कलाम मियाँको घर जलेर नष्ट भएको हो।
यस्तै अैजुक मन्सरी र कैजुम मन्सुरीको घरहरू नष्ट हुँदा २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। विद्युत् सर्ट भएर आगलागी भएको अधिकारीले जानकारी बताए।















