बारीमा फेला परेको बम स्थानीयले फालेर विस्फोट गराए

ए वान डेस्क
२२ चैत्र २०७५, शुक्रबार १५:५२

धनुषाको विदेह नगरपालिका-७ मा रहेकाे नवटोलीका फुलगेन मल्लीको घरपछाडि फेला परेका २ वटा बमलाई स्थानीयले नष्ट गरेका छन् ।

बारीमा वेवारिसे अवस्थामा भेटिएकाे बम स्थानीयले फालेर विस्फोट गराएका हुन् । बच्चाहरुले भेट्टाएर खेलाउँदा जनधनको क्षति हुने भन्दै त्यसलाई नष्ट गर्न स्थानीयले फालेर विस्फोट गरेकाे इलाका प्रहरी कार्यालय औरहीले बताएकाे छ ।

स्थानीयका अनुसार पान मसलाको टिनको बट्टामा बनाइएको बम कालो टेपले बेरेर बारीमा बेवारिसे अवस्थामा भेटिएकाे थियाे ।

बम फेला परेर स्थानीयले फालेर विस्फोट गराएपछि इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी टोली घटनास्थल पुगेको र बम कसले किन छाडेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी निरीक्षक रामबाबु सिंहले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*