जब बैज्ञानीक खुकुरी लिएर केराबारी पुगे …. ‘भिडियोसहित’
बाराको जीतपुरसिमरा उपमहानगरपालीका ३ रामवनमा ३ बिगाह भन्दा बढीको जग्गामा लगाइएको केरा खेती नष्ट गरिएको छ ।
जीतपुरसिमराको रामवनमा शान्त कुमार मल्ल नाम गरेकाको करिब २५ बिगाह हुकुमी जग्गा रहेकोमा निजले बल र शिफारिसका आधारमा कानुनलाई आफ्नो हातमा लिएर एक वैज्ञानिकको जग्गा समेत कब्जा गर्दै आएको बुझिएको छ ।
ति वैज्ञानिक हुन् खड्कभत्त पौडेल । उनी कृपि बिषयमा बिज्ञता हाँसिल गरी बारामा आर्गेनिक खेतीको अभियानमा लागी परिरहेका छन् ।
उनको पुर्जामा करिब ४ बिगाह जग्गा देखिएपनि निज राजा रजौटाबाट पाएको हुकुमी जग्गामा मिचिएको भन्दै उनले जिल्ला अदालतमा मुद्धा समेत दिएका थिए ।
जिल्ला, पुनरावेदन हुँदै उच्च अदालत समेतबाट मुद्धा जितिसकेको बताउने उनले कानुनी रुपमा जग्गा दिन नमानेपछि उनले शुक्रबार पत्रकारको रहोबरमा त्याहाँ लगाइएको केरा खेती आफैले नष्ट गरि सो जग्गा आफ्नो सिमानामा मिलाउने प्रयास गरेका छन् ।
उनको हातमा सोही जग्गाको पुर्जा छ । र मालपोतको दस्तुर तिर्दै आएको पनि रसिद छ तर हकभोग अर्कैले गर्दैआइरहेको उनको गुनासो छ ।
शान्तकुमार माथी गाउँको अन्य बिबिध प्रकारको आरोप पनि छ । उनले हकभोग गर्दै आइरहेको जग्गामा पर्सा राष्ट्रिय निकुञ्जको करिब ३ बिगाह जमिन पनि उनले हकभोग गर्दै आइरहेको समेत खुल्न आएको छ ।
सो मिचिएको क्षेत्र जनजागरण सामुदायिक बन समुहभित्र पर्दछ । सो समुहले पनि शान्तकुमार बिरुद्ध दायर गरेको मुद्धा बिचाराधिन छ ।
समुहका अध्यक्ष तारा बहादुर कार्कीले उनले पावर र पदका आधारमा हामी सोझा किसानमाथी अन्याय गरेको र गाउँलाई नै उठीबास लगाउने षडयन्त्र गरेको आरोप लगाए ।
त्यसैगरी रामबन गाउँ नै उनको मुद्धामा आजित बनेको छ । दशकौँ अघि किनबेच भइआएको जग्गा पलिल्लो पटक प्लटिँङ्ग गरी खरिद बिक्रि भई घरटहरा बनाएर बसेका छन् । सोही जग्गामा समेत बिभिन्न बहानामा उनले मुद्धामामिलामा उक्साएको आरोप छ ।
यसै क्रममा कृषि वैज्ञानिक पौडेलले कानुनले पनि आफ्नै पक्षमा निर्णय सुनाउँदा पनि जग्गा दिन नमानेपछि उनले आफ्नो जग्गामा पर्ने करिब डेढ बिगाह जमिनमाा लगाइएको केरा खेती खुकुरीले फाँडिदिएका हुन् ।
यसैबिच शान्तकुमार मल्लको जग्गामा जोतभोग र रेखदेख गरिरहेका शिवशँकर प्रसाद कुशवाहाले भने पौडेलको बिचारमा असहमती जनाएका छन् । उनले पौडेलको जग्गा आफ्नो सिमानामा नपरेको बताए ।
जबरजस्ती आफुले लगाएको केरा खेती बिना सुचना नष्ट गरिदिएको भन्दै कानुनी उपचारमा धाउने कुशवाहाको भनाई छ । यता इलाका प्रहरी कार्यालय सिमराका प्रमुख शुवास हमालले दुई पक्षलाई संगै राखेर प्रमाणका आधारमा निर्णय गर्ने र आवश्यक अन्य प्रकृयाका लागी छलफलबाटै समाधान खोज्ने बताए ।
https://youtu.be/R3f6ePqjPLU















