मालपोत कार्यालय सिमरा : महिनौदेखि कार्यालय प्रमुख सम्पर्क बिहिन, काम प्रभावित (भिडियोसहित)

ए वान डेस्क
२२ चैत्र २०७५, शुक्रबार २१:००

ए वान डेस्क /

मालपोत कार्यालय सिमराका प्रमुख मदन प्रसाद गुप्ता झन्डै एक महिनादेखि सम्पर्क बिहिन भएका छन् । रकम हिनामिना गरेकोभन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न थालेपछि प्रमुख गुप्ता सम्पर्क बिहिन भएका हुन् ।

मालपोत कार्यालय कलैयाका लेखापाल युगलकिशोर ठाकुर र भूमिसुधार तथा मालपोत कार्यालय सिमराका प्रमुख गुप्ता लगायतका कर्मचारीले जग्गा नामसारी गर्न लाग्ने रजिष्ट्रेशन दस्तुरको रकम हिनामिना गरेको सूचना आएपछि अख्तियारले छानबिन सुरु गरेको थियो । अनुसन्धानका लागि अख्तियार टोलीले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका लेखापाल ठाकुरलाई गत सोमवार नियन्त्रणमा लिएको थियो ।

मालपोत प्रमुख गुप्ताले चैत्र १ गतेदेखि ४ दिनको बिदा लिएका थिए । तर ४ दिन बिदामा बसेका प्रमुख गुप्ता महिनौ बितिसक्दा समेत सम्पर्क बिहिन भएपछि काम प्रभावित भएको हो  ।

चैत १ गतेदेखि ४ गतेसम्म घर बिदामा बसेका कार्यालय प्रमुख गुप्ता आज शुुक्रबारसम्म कार्यालय पुगेका छैनन् । कार्यालय प्रमुख गुप्ता महिनौदेखि सम्पर्क बिहिन हुदा कार्यालयको काम प्रभावित हुन पुगेको मालपोत कार्यालय सिमराका नायव सुब्बा श्यामबहादुर कार्कीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

उहाका अनुसार निवेदन दर्ता, तोक आदेशबाहेकको काम हुन सकेको छैन ।

हेर्नुहोस् भिडियो

https://youtu.be/vGbgIUmZ00M

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*