जनहित उपभोक्ता समितिको १२औ बार्षिक साधारणसभा सम्पन्न
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा रहेको जनहित उपभोक्ता समितिको १२औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको कार्यालय परिषरमा सम्पन्न बार्षिक साधारणसभाको प्रदेश नम्बर २ का पर्यटन राज्यमन्त्री शुरेस मण्डलले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै मण्डलले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जको विकास र प्रवद्र्धन गर्ने बिषयमा प्रदेश सरकार गंभिर रहेकोभन्दै उहाले बिशेष योजनाका साथ आफुहरु अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटन प्रवद्धन गर्न सबै निकाय एक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–प्रमुख सरस्वती चौधरी, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शिवनारायण साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे, रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, जनहित उपभोक्ता समितिका सस्थापक अध्यक्ष मधुसुदन सिटौला लगायतले शुुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष अनिता लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पेशल मुल्मीले गर्नुभएको थियो ।
कार्यक्रमका बिच समितिले पत्रकारिताको क्षेत्रबाट वन संरक्षण तथा पर्यटनको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएकोभन्दै सञ्चारकर्मी सारदा पोखरेललाई सम्मान गरिएको थियो ।















