पाचौ निजगढ गोल्डकप आजदेखि शुरु, उद्घाटन खेलमा सिमरा विजयी

ए वान डेस्क
२४ चैत्र २०७५, आईतवार १३:१३

ए वान डेस्क /

बाराको निजगढमा आजदेखि पाचौ निजगढ गोल्डकप शुरु भएको छ । गोल्डकपको आज एक कार्यक्रमकाबिच नेपाल खेलकुद महासंघ क्षेत्रिय अध्यक्ष मान्द्रु हजराले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाकी उप–प्रमुख लिलादेवी लामिछाने, जिल्ला खेलकुद विकास समिति बाराका अध्यक्ष दिलबहादुर लामा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता मुल समारोह समितिका संयोजक प्रदेशी कुमरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सह–संयोजक जयराम कुमरले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

पाचौ निजगढ गोल्डकपको हिजो उद्घाटन गर्ने भनिएपनि लगातारको बर्षाका कारण आयोजकले उद्घाटन कार्यक्रम स्थगित गरेको थियो । आजदेखि शुरु भएको प्रतियोगिता चैत्र ३० गतेसम्म चल्नेछ ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र  उप–बिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अवधीभर प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले २ हजार ५ सय रुपैयाँसहित विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार पाउने आयोजक समितिका प्रेस संयोजक नवराज चौलागाईले जानकारी दिनुभयो । प्रतियोगितामा साविक बिजेता बारा ११, नव–जनजागृती युवा क्लव सिमरा, बिरगंज युनाईटेड फुटबल क्लव, सर्लाही ११, बेङखरी युवा क्लव महोत्तरी, कमाने फुटबल एकेडेमी मकवानपुर, हर्दिया युवा समाज चितवन र आयोजक निजगढ युवा क्लवको सहभागिता रहेको छ ।

नव जनजागृती विजयी

उद्घाटन खेलमा सिमराको नव जनजागृती युवा क्लब विजयी भएको छ । कमाने फुटबल एकेडेमी मकवानपुरलाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दे नव जनजागृती युवा क्लब सिमरा विजयी भएको हो । आयोजकका अनुसार आजै अर्को खेलपनि हुदैछ । दिउसो २ बजेपछि हुने दोश्रो खेलमा बेंखरी युवा क्लव महोत्तरी र सर्लाही ११ बीच प्रतिस्पर्धा हुदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*