पाँचौ निजगढ गोल्डकप : आज चितवन र बिरगंज भिड्ने
ए वान डेस्क /
बाराको निजगढमा जारी नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हर्दि युवा समाज चितवन र बिरगंज युनाईटेड फुटबल क्लव बीच प्रतिस्पर्धा हुँदैछ । खेल वडा नम्बर ४ पुरानो निजगढ स्थित कछाडीया खेल मैदानमा अपरान्ह ३ बजेपछि हुने आयोजकले जनाएको छ ।
यसअघि हिजो भएको खेलमा नवजनजागृति युवा क्लव सिमरा र सर्लाही ११ ले जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । उद्घाटन खेलमा नवजनजागृति युवा क्लव सिमराले कमाने फुटबल एकेडेमीलाई तथा सर्लाही ११ ले बेंखडी युवा क्लव महोत्तरीलाई पराजित गरेको थियो ।
आगामी चैत्र ३० गतेसम्म संचालन हुने प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, चितवन, रौतहट र महोत्तरीका बिभिन्न ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा साविक बिजेता बारा ११,नवजनजागृति युवा क्लव बारा,बिरगंज युनाईटेड फुटबल क्लव,कमाने फुटबल एकेडेमी मकवानपुर,हर्दि युवा समाह चितवन,सर्लाही ११,बेंखडी युवा क्लव महोत्तरी र आयोजक निजगढ युवा क्लवको सहभागिता रहेकोछ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हाजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेताले नगद १ लाख सहित ट्रफी प्राप्त गर्नेछन ।
प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २५ सय रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैंया सहित ट्रफी प्राप्त गर्नेछन ।















