आज कति छ सुनचाँदीको भाउ ?
२७ चैत्र २०७५, बुधबार ११:३६
बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















