चट्याङ लागेर कास्कीमा आमासहित दुई छोरी घाइते

ए वान डेस्क
२७ चैत्र २०७५, बुधबार १५:५४

कास्की जिल्लाको रुपा गाउँपालिका काप्लेडाँडामा चट्याङ लागेर ३ जना घाइते भएका छन्। स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षीया समीना र १८ वर्षीया चन्द्रकुमाल मंगलबार चट्याङ लागेर घाइते भएको रुपा गाउँपालिकका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

घाइतेमध्ये समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार भएको र दुईजना आमा छोरी भने उपचारपछि घर फर्केको उनले जानकारी दिए।

चट्याङ लागेर अन्य ४ जना पनि समान्य घाइते भएको अध्यक्ष ओझाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*