सिरहामा चिरपटले हानेर एकजनाको हत्या

ए वान डेस्क
२८ चैत्र २०७५, बिहीबार ११:१८
Corpse

सिरहामा चिर्पटले हानेर एकजनाको हत्या गरिएको छ। सिरहाको गोलबजार नगरपालिका ११ बल्कबामा ५० वर्षीय रामअवतार सदालाई सामान्य विवादपछि २० वर्षीय गोविन्द सदाले चिरपटले टाउँकोमा हिर्काउँदा उनको ज्यान गएको हो।

मंगलबार रामअवतार आफ्नो घरमा सुतिरहेको बेला घरको छानोबाट टायल खसी टाउकोमा चोट पुग्दा र उनलाई उपचारका लागि विराटनगर पठाएको भनी प्रहरीलाई स्थानीयले खबर गरेका थिए।

प्रहरी छानबीनका लागि घटनास्थल पुग्दा घरको टायल नभएर समान्य विवादमा गोविन्दले रामअवतारलाई सोमबार अन्डीको चिरपटेले हिर्काएको खुलेको छ। रामअवतारको बुधवार विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।

प्रहरी अनुसन्धानमा घटनामा संलग्न देखिएका गोविन्दलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको सिरहा प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार घटनाकझ अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*