माटोको ढिस्कोले पुरिएर आमाको मृत्यु, छोरी घाइते

ए वान डेस्क
२९ चैत्र २०७५, शुक्रबार १५:२८

घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर लिखु गाउँपालिका ३ सत्लुङ की ५५ वर्षीया सेतिमाया मगरको मृत्यु भएको छ।

माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिँदा मगरको मध्याह्न ११घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

त्यस्तै ढिस्कोले पुरिँदा सेतिमायाकी छोरी १८ वर्षीया विष्णु मगर गम्भीर घाइते भएकी छन्। ढाडमा गहिरो चोट लागेकाले उनलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पुर्‍याएको छ।

त्यस्तै सोही घटनामा ३२ वर्षीया गोमा मगर समेत घाइते भएकी छन्।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*