अमलेखगञ्जमा प्रदिप बलको स्मृतीमा फुटबल प्रतियोगिता हुने (भिडियोसहित)

ए वान डेस्क
२९ चैत्र २०७५, शुक्रबार २०:५२

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २२ अमलेखगञ्जमा प्रदिप बल स्मृती कप फुटबल प्रतियोगिता हुने भएको छ । श्री शिद्धबाबा युवा क्लब अमलेखगञ्जले पहिलो पटक प्रदिप बल स्मृती फुटबल प्रतियोगिता गर्न लागेको हो ।

पहिलो पटक प्रदिप बलको स्मृतीमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिता क्षेत्रिय स्तरको हुने क्लबका अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिनुभयो । प्रतियोगिता यही बैशाख ५ गतेदेखि शुरु हुदैछ ।

अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको खेल मैदानमा हुने प्रतियोगिता बैशाख १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

https://youtu.be/8-kntcedLn8

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*