कार, बस र ट्याक्टर दुर्घटनामा चारजनाको मृत्यु

ए वान डेस्क
३० चैत्र २०७५, शनिबार १६:३९

सुनसरीको धरान उपमहानगरपालिका १५ स्थित चारकोसे जङ्गलमा कार, बस र ट्याक्टर दुर्घटना हुFदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौजना घाईते भएका छन् ।

शुक्रबार मध्यराति धरानको विस्वकर्मा मन्दिर मुनिको चारकोसे जङ्गलको सडक खण्डमा एक आपसमा तीनवटै सवारी साधन दुर्घटनामा परेका थिए । धरानबाट इटहरीतर्फ गईरहेको बा २० च ४०७६ नम्बररको कार, मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरानतर्फ आउँदै गरेको को १० ख ४७६१ नम्बरको यात्रुबस एक आपसमा दुर्घटना हुँदा कारमा सवार चारजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताएका छन् ।

मृत्यु हुनेहरुमा इटहरी ४ का अमिर श्रेष्ठ, इटहरी ७ का मदन लिम्बु र धनकुटा महालक्ष्मी नगरपालिकाका जनक बुढाथोकी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

कारका चालक मोरङसुन्दर हरैचा नगरपालिकाका गोविन्द्र बस्नेतको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा उपचारका क्रममा शनिबार मध्यान्न मृत्यु भएको तिम्सिनाले बताए ।

घाइतेमध्ये अन्य तीनजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । सामान्य घाइते भएका पाँजजना उपचारपछि घर फर्किएका छन् । मध्यराति ट्याक्टर र कार ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आएको बसमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*