बाराका पत्रकार चौधरीको मोटरसाइकल दुर्घटना, पत्नीको अवस्था गम्भिर
बाराका पत्रकार जियालाल चौधरी आज साँझ मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् । जिल्लाको कोल्हवी नगरपालिका ७ पर्सौनामा टाटासुमोले चौधरीको मोटरसाईकललाई ठक्कर दिएको हो ।
साँझ सवा ६ बजे उनि चढेको प्लाटिना मोटरसाईकललाई ना १ ज ३६०६ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । घाइते चौधरीको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उनकी पत्नी सुनिता गम्भिर घाईते भएकी छिन् । उनलाई उपचाकार लागि वीरगञ्ज लगिएको छ ।
सुमोको ठक्कर दिदाँ उनीहरु सुमो मुनी च्यापीएका थिए । स्थानीयले उद्धार गरेर निकालेका थिए ।















