वीरगञ्जमा विद्युत मर्मत गर्दा करेन्ट लागेर प्राधिकरणका कर्मचारीलाई घाइते
वीरगञ्ज-क्षतिग्रस्त विद्युत पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी गम्भिर घाइते भएका छन्।
पोल मर्मत गर्ने क्रममा अचानक विद्युत प्रवाह हुँदा प्राधिकरणका कर्मचारी बाराको त्रिवेणी गाउँका ३५ वर्षीय प्रेम दास तत्वा गम्भिर घाइते भएका हुन्।
करेन्ट लागेर घाइते भएका तत्वालाई उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ।
मंगलबार साँझ आएको हावाहरुले विद्युत पोलमा क्षती पु¥याएपछि मर्मत कार्य चलिरहेको थियो।















