मकवानपुरमा २ गाडी जलाइयो

ए वान डेस्क
५ बैशाख २०७६, बिहीबार १२:३७

मकवानपुरमा दुई वटा सवारीमाथि आगजनी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गएराति कुखुरा बोक्ने बोलेरो र बिहान भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने आइचरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी निरीक्षक सागरविक्रम राणाका अनुसार थाहा नगरपालिका वडा नं ४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नंबरको कुखुरा बोक्ने बोलेरो गाडीमाथि ३ जनाको अज्ञात समूहले आगजनी गरेका हुन् । बोलेरोको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको उनले जानकारी दिए ।

त्यस्तै, भीमफेदी गाउँपालिका वडा नं ९ गोलमोडमा बिहीबार(आज) बिहान १२ बजेर २० मिनेट जाँदा पालुङ तर्फ गइरहेको ना ४ ख ७९६० नंबरको तरकारी लोड गरेको मिनी आइचरमा तोडफोड र आगजनी भएको छ । आइचरमा अज्ञात समुहले आगजनी गरेको जनाइएको छ । आइचरको समेत अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं ८ को कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरी प्रवत्ता राणाले बताए । घटनास्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेको उनले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*