अमलेखगञ्ज फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
५ बैशाख २०७६, बिहीबार २१:४५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २२ अमलेखगञ्जमा हुन लागेको प्रदिप बल स्मृती कप फुटबल प्रतियोगिता सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । श्री शिद्धबाबा युवा क्लब अमलेखगञ्जले पहिलो पटक गर्न लागेको प्रदिप बल स्मृती फुटबल प्रतियोगिताको भोलि उद्घाटन गरिदैछ ।

पहिलो पटक प्रदिप बलको स्मृतीमा आयोजना गर्न लागिएको क्षेत्रिय स्तरको फुटबल प्रतियोगिताको आज उद्घाटन गर्ने कार्यक्रम थियो । तर नेकपा माओवादीले गरेको बन्दका कारण प्रतियोगिताको उद्घाटन हुन सकेन् । प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच उद्घाटन गरिने आयोजक क्लबका अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिनुभयो ।

अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको खेल मैदानमा हुने प्रतियोगिता बैशाख १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*