अमलेखगञ्ज फुटबल : आज दुई खेल हुने
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा हिजोदेखि शुरु भएको क्षेत्रिय फुुटबल प्रतियोगितामा आज दुई वटा खेल हुदैछ । आयोजक श्री शिद्धबाबा युवा क्लब अमलेखगञ्जले दिएको जानकारी अनुसार आज दुई वटा खेल हुन लागेको हो ।
स्वर्गिय प्रदिप बलको स्मृतीमा आयोजित क्षेत्रिय कप फुटबल प्रतियोगितामा आज दिउसो १ बजे हुने पहिलो खेल सर्लाही जिल्ला फुटबल संघ लालबन्दि र बागेश्वरी फुटबल क्लब नारायणघाट बिच हुनेछ । दिउसो ३ बजे हुने दोश्रो खेलमा हेटौडा एकेडेमी हेटौडा र सिमराको नव जनजागृती युवा क्लब सिमराबिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिनुभयो ।
यसअघि हिजो भएको उद्घाटन खेलमा आर्मिको प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज विजयी भएको थियो । अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको मैदानमा भएको खेलमा बारा ११ लाई सडन डेथमा पराजित गर्दे आर्मि विजयी भएको थियो । प्रतियोगितामा आयोजक श्री शिद्धिबाबा युवा क्लबसहित १० वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको अध्यक्ष लामाले बताउनुभयो । प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउने अध्यक्ष लामाले जानकारी दिनुभयो ।















