सिमरामा तिन तारे होटलको शिलन्यास

ए वान डेस्क
७ बैशाख २०७६, शनिबार ०९:५५

ए वान डेस्क /

बाराको सिमरामा झन्डै पाच करोडको लगानीमा तिन तारे होटल बन्ने भएको छ । सिमराका सफल युवा होटल व्यवसायी शम्भु श्रेष्ठको लगानीमा तिन तारे होटल बन्न लागेको हो ।

सिमराको सुर्य नेपाल अगाडी बन्न लागेको तिन तारे होटलको शिलन्यास गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बाराका महासचिव समेत रहनुभएका श्रेष्ठको सिमरामा श्रेष्ठ होटल पनि छ ।

शिलन्यास कार्यक्रमका बिच होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले होटलको एस.एस प्लाजा नामाकारण गर्नुभएको थियो । सिमरामा होटलहरु खुल्दै गएपनि सुविधा सम्पन्न नभएका कारण आफुले तिन तारे होटल सञ्चालन गर्न लागेको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

‘अहिलेको समय प्रतिस्पर्धाको हो, ग्राहकले सबै सेवा सुविधा एकै ठाउमा खोज्छन्, त्यसकारण पनि मैले यो होटल सञ्चालन गर्न लागेको हो’ ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो । शिलन्यास कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका उपाध्यक्ष प्रलाद उप्रेती, नेपाल बिद्युत्त प्राधिकरण सिमरा शाखाका प्रमुख रोहिणि पौडेल, ईन्जिनियर संजिव रुपाखेती, समाजसेवी सरोज भट्ट, नविन खड्का लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*