पौडी खेल्ने क्रममा खोलामा डुबेर युवकको मृत्यु

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १५:०७

मकवानपुरको थाहानगरपालिका स्थित पालुङ खोलामा डुबेर एक युवकको ज्यान गएको छ । थाहा नगरपालिका–१ का १९ वर्षीय हरिकष्ण गोपालीको आइतबार दिउँसो २ बजेतिर पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका गोपाली सोमबार विहान खोलामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । उनको शब प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा पोष्ट मार्टमपछि दाह संस्कारका लागि आफन्तले बुझेका छन् ।

आइतबार दिउँसो घर नजिकैको पाखोमा गाइबस्तु चराउन गएका उनी गर्मी भयो भन्दै पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा खोलामा डुबेको खबर पाए पछि प्रहरी टोलीसहित स्थानीयले राती अबेरसम्म उनको खोजी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*