मौसममा आंशिक बदली, बुधबारसम्म मेघगर्जनसहित हल्का वर्षा

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १५:३४

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ। भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए।

पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ। साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भई मेघगर्जनसहित हावाहुरीको सम्भावना देखिएको उनले बताए।नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि-मनसुनको अवधि रहन्छ।

मङ्गलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ।पछिल्लो २४ घण्टाको मौसमी विवरणअनुसार काठमाडौंको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*