रहेनन् संगीतकार मदन दीपविम
१० बैशाख २०७६, मंगलवार ११:१७
चर्चित संगीतकार मदन दीपविमको हृदयघातको कारण निधन भएको छ ।
अमेरिकाको सानफ्रान्सिस्को शहरमा छोरी ममता दीपविमसँग बस्दै आएका संगीतकार मदनले थुप्रै नेपाली गीतमा संगीत दिएका छन् ।
इलाममा जन्मिएका दीपविमको सबैभन्दा चर्चित गीत ‘के भुल भयो प्रीया’ श्रोतामाझ लोकप्रिय छ । त्यस्तै ‘झस्केर दुख्छ यो मुटु मेरो’ र ‘तिम्रै यादमा कल्पी कल्पी’ पनि श्रोतामाझ अमर रहेको छ ।















