एकै दिन २ जनाको हत्या गर्ने व्यक्ति २२ वर्षपछि पक्राउ

ए वान डेस्क
१० बैशाख २०७६, मंगलवार १५:२१

एकै दिन दुई व्यक्तिको हत्या गर्नेलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ७ जवरपुर निवासी लवध्वज शाही र ध्रुबध्वज शाहीलाई कर्तब्य गरि हत्या गरेका सोही ठाउँका ४६ वर्षीय देशु चौधरीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो।

चौधरी घरमै लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।

चौधरीले शाहीद्धयलाई २०५४ साल असोज २५ गते साँझ बाटोमा हिँडिरहेको बखत कर्तब्य गरि हत्या गरेको अदालतले ठहर गरेको छ। भूपेन्द्रध्वज शाहीको जाहेरीको आधारमा दाङ देउखुरी जिल्ला अदालतले २०६६ साल जेठ २० गते चौधरीलाई दुई जनाको हत्यामा कसुरदार ठहर गर्दै २० वर्ष कैद फैसला सुनाएको थियो।

त्यस यता चौधरी फरार रहँदै आएका थिए। प्रतिवादी चौधरीलाई मंगलबार नै प्रहरीले अदालतमा पेश गरि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता शाहले जानकारी दिए।

प्रहरीका अनुसार हत्या अभियोग खेपेका मध्ये कति जनाको मृत्यु भइसकेको छ भने केहीले सजाय भोगिरहेका छन्।

शाहीद्धयलाई तत्कालिन समयमा चौधरीले लाठी, बञ्चरो लगाएका घरेलु हतियारले कुटपिट गरि हत्या गरेको पीडित पक्षको जाहेरीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*