अमलेखगञ्ज फुटबल : सर्लाही फाईनलमा, आयोजक पराजित
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा जारी प्रदिप बल स्मृती कप फुटबल प्रतियोगितामा सर्लाही जिल्ला फुटबल संघ लालबन्दि फाईनलमा प्रवेश गरेको छ । अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको मैदानमा आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक क्लबलाई पराजित गर्दे सर्लाही फाईनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आयोजक श्री शिद्धिबाबा युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दे सर्लाही उपाधी नजिक पुगेको हो । खेलको म्यान अफ दि म्याच सर्लाहीका सनिल लामा घोषित भए । सिमराको नव जनजागृती युवा क्लब सिमरालाई पराजित गर्दे आयोजक क्लब पहिलो सेमिफाईनलसम्म पुगेको थियो ।
प्रतियोगिता अन्र्तगत भोलि फाईनल प्रवेशका लागी नेपाल फुटबल क्लब चपुर र मकवानपुर ११ मकवानपुर प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुन्दर बोम्जनले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउने छ ।
स्वर्गिय प्रदिप बलको स्मृतीमा अमलेखगञ्जमा पहिलो पटक प्रदिप बल स्मृती कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । अमलेखगञ्ज निवासी प्रदिप बलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको थियो । २०३७ साल असोज २० गते जन्मेका बलको मृत्यु २०६९ साल साउन २६ गते भएको थियो । पुर्व राष्ट्रिय खेलाडीसमेत रहेका बलले खेल क्षेत्रमा महत्पुर्ण योगदान पुर्याएका थिए ।
क्षेत्रिय, जिल्ला स्तरीय हुदै राष्ट्रिय स्तरको खेलसम्म फुटबल खेल खेलका बल अमलेखगञ्जमा अहिलेपनि लोकप्रिय खेलाडीका रुपमा परिचित थिए । श्री शिद्धबाबा युवा क्लबमा समेत लामो समय सक्रिय भुमिका निर्वाह गरेका बल सामाजिक क्षेत्रमा समेत सक्रिय थिए ।
















