सर्लाहीले उचाल्यो अमलेखगञ्ज फुटबलको उपाधी

ए वान डेस्क
१५ बैशाख २०७६, आईतवार १८:२८

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा सञ्चालित क्षेत्रीय स्तरीय प्रदिप बल स्मृती कप फुटबल प्रतियोगिताको उपाधीका सर्लाहीले उचालेको छ । अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको मैदानमा शनिवार भएको फाईनल खेलमा चपुरलाई ३–० गोल अन्तरले पराजित गर्दे सर्लाहीले उपाधी उचालेको हो ।

यो संगै प्रतियोगिताको बिजेता सर्लाहीले नगद १ लाख रुपैया प्राप्त गरेको छ । निर्धारित ९० मिनेटको खेलमा सर्लाहीविरुद्ध कुनैपनि गोल गर्न नसकेको नेपाल फुटबल संघ चपुरले उप–बिजेताको पुरस्कार बापत नगद ५० हजार पायो । बिजेता सर्लाहीलाई पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

https://youtu.be/ShmB1JnAwSY

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले फुुटबल स्वास्थ्यका लागी मात्र नभई राष्ट्रका लागी समेत भएको बताउनुभयो । फुटबल खेलको विकासमा सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङले फुटबल खेलको विकास गर्न वडा कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*