बाराको ८ वटा स्थानीय तहमा १५ शैयाको अस्पताल बन्ने (नामावली सहित)
पाच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्न लागेको हो ।
आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ । पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ ।
योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।
नामावली :
बारा जितपुरसिमरा उपमहानगरपालिका : सिमरा प्राथमिक स्वास्थ्य केन्द्र
बारा कलैया उपमहानगरपालिका : सुरत स्वास्थ्य चौकी
बारा कोल्हवी नगरपाजलका : कोहल्बी प्राथमिक स्वास्थ्य केन्द्र
बारा निजगढ नगरपालिका : निजगढ स्वास्थ्य केन्द्र
बारा पचरौता नगरपालिका : बेलडारी स्वास्थ्य चौकी
बारा फेटा गाउपालिका : फेटा स्वास्थ्य चौकी
बारा महागढीमाई नगरपालिका : गञ्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्र
बारा सुवर्ण गाउपालिका : हर्दिया प्राथमिक स्वास्थ्य केन्द्र















