सिन्धुलीमा निर्माणाधीन पक्की पुल भत्कियो

ए वान डेस्क
१६ बैशाख २०७६, सोमबार १४:५०

सिन्धुली : मदन भण्डारी लोकमार्गमा निर्माणाधीन पक्की पुल भत्किएको छ। लोकमार्गको पश्चिमखण्ड अन्तर्गत मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पक्की पुलमा बाढी पसेपछि भत्किएको हो।

अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ६० मिटर लामो पुलको बिच भाग धसिएर भाँचिएको उक्त आयोजनाका साइड इन्चार्ज तथा सुपरभाईजर बसन्त पोखरेलले जाकारी दिए। पोखरेलका अनुसार पुलको सल्याप ढलान गरेर वायर स्ट्रेचिङ गर्न एक दिन मात्र बाँकी हुँदा गर्दुवा खोलामा आएको बाढीले पुल भत्काएको हो।

‘पुलको झण्डै ७० प्रतिसत काम सम्पन्न भइसकेका बेला बाढीले पुल भत्काएको छ, यसलाई अब पुरै भत्काएर पुनः निर्माण गर्ने तयारी गरेका छौं,’उनले भने।
पुल भत्किदा झण्डै ७ करोड रुपैयाँ नोक्सान भएको पोखरेलले जानकारी दिए।

‘गत चैत २३ गते राति आएको बाढीले पुलको टेका खोलेको रहेछ त्यसपछि काम भइरहेको थियो तर, दैनिक जसो पर्ने पानीले थप क्षती पु¥याएपछि अहिले कामै नलाग्नेगरी पुल भाँचिएको हो,’ उनले थपे।यो पुल करीव १० करोड रुपैयाँको लागतमा निर्माण थालिएको थियो। मदन भण्डारी लोकमार्गको हेटौडा–सिन्धुली–चतरा खण्डमा पर्ने खोला तथा नदीहरुमा अनक कन्स्ट्रक्सनले पुलको निर्माणकार्य गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*