श्वेतालाई पनि श्रीकृष्णलाई जस्तै भयानक रोग

ए वान डेस्क
१८ बैशाख २०७६, बुधबार १४:२६

अभिनेत्री श्वेता खड्काले आफूले दोस्रो जीन्दगी पाएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दै उनले नयाँ जीवन पाएको उल्लेख गरेकी छिन् ।

घाँटीको माथिल्लो भागमा ट्यूमर भएको जानकारी पाएपछि भारतमा उपचार गराएको जानकारी दिँदै उनले भनेकि छिन् ‘मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । भन्छन् जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नै अघि विलिन हुन्छन् ।’
लण्डनमा नयाँ चलचित्र ‘हेलो जीन्दगी’ सुटिङमा गएको वेला उनले आफुलाई समस्या भएको जानकारी पाएकी थिइन् ।

लण्डनमा चलचित्र छायाँकनको क्रममा पीडा भएपछि डाक्टरलाई देखाएको र ट्युमर रहेको थाहा भएको श्वेताले लेखेकी छिन् ।
डाक्टरले तत्कालै शल्यक्रिया गर्नु पर्ने सुझाव दिएपछि लण्डनबाट भारतको दिल्ली आएर शल्यक्रिया गरिएको र अहिले स्वास्थ्य लाभ गर्ने क्रममा रहेको उनले उल्लेख गरेकी छन् ।

उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निमोनियाका कारण २०७१ साल साउन २५ गते निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*