परोपकारी युवा सञ्जालले थाल्यो शिक्षा अभियान

ए वान डेस्क
१८ बैशाख २०७६, बुधबार १६:५७

ए वान डेस्क /

बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय परोपकार युवा सञ्जालले शिक्षाको पहुच बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयसम्म ल्याउने अभियान शुरु गरेको छ । सामाजिक सञ्जाल फेसबुकबाट संगठित भएका युवाहरुको परोपकार युवा नामक सञ्जालले शिक्षाको पहुच बाहिर रहेका बालबालिहरुलाई बिद्यालयसम्म ल्याउने अभियान शुरु गरेको छ ।

जस अनुरुप सञ्जालले आज जीतपुरसिमरा उप–महानगरपालिकामा शैक्षिक सामग्री वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी सञ्जालले वडा नम्बर १ स्थित दुधौरामा रहेको शिव पार्वती प्राविमा आज शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरण गर्न आयोजित कार्यक्रममा सञ्जालका पदाधिकारीहरुले बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सम्झना बललाई सामग्री हस्तान्तरण गरेको छ । कार्यक्रमकाबिच स्कुल ब्याग २० थान, कापी २१६ थान, कलम १८ दर्जन र खेलकुद सामग्री (बल, ब्याटमिन्टन, स्कीपिङ्ग) आदि वितरण गरेको थियो ।

शैक्षिक सामाग्री वितरण गर्दे सञ्जालका संयोजक रमेश सापकोटाले बालबालिकाहरुलाई बिद्यालयसम्म आउन प्रेरित गर्ने उदेश्यका साथ आफुहरुले अभियान शुरु गरेको बताउनुभयो । सामाजिक सेवामा सक्रिय सञ्जालले परोपकारी शिक्षा अभियानलाई जोड दिएकोभन्दै उहाले भन्नुभयो ‘स्कुलसम्म पुग्ने वातावरण बनाउन र प्रेरित गर्न हामीले अभियान सञ्चालन गरेका हौ’ ।

यसअघि सञ्जालले बाराको हावाहुरी प्रभावित क्षेत्रमा समेत शैक्षिक सामाग्री वितरण गरेको थियो । सबैभन्दा बढि क्षती पुगेको भरवलीया र पुरैनीया पुगेर सञ्जालले पुरैनीया प्राविमा १८० र भरवलीयामा १३८ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा अस्थायी प्रहरी चौकी पथलैयाका प्रहरी सहायक निरिक्षक भरत सिल्वाल, समाजसेवी हामिद हुसेन, नवराज श्रेष्ठ, सुभाष पौडेल, जागृत चौरेल, सञ्जु प्रसाद सिग्देल, उद्धव राई, शिक्षक नविन श्रेष्ठ, शिक्षिका ज्योति घिसिङ्ग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नया गोरेटो पुर्नस्थापना केन्द्र बाराका अध्यक्ष राजकुमार लामाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*