मजदुरहरुको हक सुनिश्चित गर्न सरकार गंभिर छ : मन्त्री यादव
ए वान डेस्क /
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न संघिय सरकार गंभिर रहेको बताउनुभएको छ । १३०औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बाराको सिमरामा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
नया संबिधानले मजदुरहरुको हक अधिकार सुनिश्चित गरेकोभन्दै उहाले यसको लागी थप मजदुरहरुको हक हितको सुरक्षा ऐन बनेको बताउनुभयो । तर मन्त्री यादवले सो कानुन लागु नभएकोभन्दै दुखेको पोख्नुभयो । हरेक सफल्तासंग चुनौति थपिने भन्दै उहाले प्राप्त उपलब्धीहरुको रक्षा गर्न थुप्रै चुनौती कायम रहेको बताउनुभयो ।
आवश्यक्ता अनुसार संघर्षको रुप परिवर्तन गर्न सकिनेभन्दै उहाले हालको सरकार जादुको छडि नभएको बताउनुभयो । संघिय लोकतान्त्रिक गणतन्त्र जनयुद्धकै एजेण्डा भएकोभन्दै उहाले आफुहरुको अधिकतम एजेण्डा समाजवाद भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुर, केन्द्रिय सदस्य बलबिर चौधरी, केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य ज्वाला शाह, प्रदेशसभा सदस्य सिता गुरुङ्ग, नेकपाका बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, मजदुर नेता सोनालाल साह, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो । नेपाल टे«ड युनियन महासंघ जिफन्ट प्रदेश नम्बर २ का अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मजदुर नेता मिन प्रसाद आपागाईले गर्नुभएको थियो ।
कार्यक्रममा मजदुर नेता बेनि तिमल्सिनाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।















