सर्लाहीमा अटो रिक्सा पल्टिँदा १ जना भारतीय नागरिकको मृत्यु
मलंगवा । सर्लाहीमा अटो रिक्सा पल्टिँदा एक जना भारतीय नागररिकको मृत्यु भएको छ ।
बिहिवार बिहान गोडैताबाट बेहुली लिएर भारतको सितामाढीको लागि छुटेको बिआर ३० पी ९९१८ नम्बरको अटो रिक्सा सडकमा अनियन्त्रित भई पल्टिँदा भारतको सितामाढी बस्ने ६५ वर्षीय विजेन्द्र महतोको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
विहान ५ बजे पलक महतोको घरबाट बेहुली लिएर जाँदै गरेको अटो अनियन्त्रित भई सडकमा पल्टिएपछि जन्ती पुनः फर्किएर बेहुलीको घरमा बसेका छन ।
मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमका लागि ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए ।















