गौतमबुद्ध विमानस्थलको काम ७५ प्रतिशत र पोखरा विमानस्थलको काम ४० प्रतिशत सकियो
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७५ प्रतिशत सकिएको छ।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवाको उक्त विमानस्थलको निर्माण तीव्र रूपमा भइरहेको बताइन्।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सम्पन्न भएको उनले बताइन्।
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको, सात विमानस्थल रात्रीकालीन सञ्चालन गरेको र बन्द भएका ५ विमानस्थल सुचारु गरेको उनले बताइन्।
साथै चीन र भारत जोड्ने रेलमार्गका लागि प्राविधिक अध्ययन सकिएको राष्ट्रपतिको भनाइ छ। सरकार हरेक दिन एक कदम अघि बढेकोले जनतामा उत्साह सिर्जना भएको उनले बताइन्। – सेतोपाटी















