लागुऔषधसहित सर्लाहीबाट २ युवक पक्राउ

ए वान डेस्क
२३ बैशाख २०७६, सोमबार १२:३०

मलंगव । सर्लाही प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जना युवक पक्राउ गरेको छ ।

लालबन्दी न.पा. ३ भैरवपुर चोक स्थित जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट खटिएको विषेश प्रहरी टोलीले ना ६१ प ६४९७ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागूऔषध लिएर आउँदै गरेका सर्लाही लालबन्दी नगरपालिका ५ मेजरगंज बस्ने २३ वर्षीय रुपेश चौधरी र सोही मोटरसाईकल पछाडी सवार रौतहत गुजरा भवानीपुर न.पा. ८ बस्ने १८ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाईलेक्स डिसि १०० एमलको बोतल १२५ थान र नाईट्राभेट १० लेखिएको ५७० ट्याव्लेट समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।

पक्राउ परेका दुईटै युवक, वरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाए । पछिल्लो समय सर्लाही लागूपदार्थ ओसारप्रसारको ट्रान्जिट बन्दै गइरहेका बेला प्रहरीले यसकोे नियन्त्रणका लागि प्रहरीले निगरानी बढाए पछि ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । – राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*