वीरगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

ए वान डेस्क
२३ बैशाख २०७६, सोमबार १२:३९

वीरगञ्ज – वीरगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१५ ब्रहम चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक मोटरसाइकलका चालक बाराको बारागढी गाउँपालिका–४ सुखिपाथराका ५० वर्षे दीलिप साहको मृत्यु भएको हो ।

आइतबार राति ९ बजे ना ३८ प ९३३० नम्बरको मोटरसाइकललाई ना २३ प ८९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ना ३८ प ९३३० नम्बरको मोटरसाइकलका चालक साह गम्भीर घाइते भएका थिए । साहको नारायणी अस्पताल उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*