बसको ठक्‍करबाट मोटरसाइकल चालककको मृत्यु

ए वान डेस्क
२३ बैशाख २०७६, सोमबार १५:१८

विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरमा बसको ठक्‍करबाट आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २१४२ नम्बरको बासले विपरित दिशातर्फ जाँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते झापाको मेचीनगर नगरपालिका-२ का २६ वर्षीय जीवन राईको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा राति मृत्यु भएको हो। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। – अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*