राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर जोडेर अश्लिल गाली गर्ने प्रधानाध्यापक पक्राउ

ए वान डेस्क
२४ बैशाख २०७६, मंगलवार १५:४३

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधानाध्यापक पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला माविका प्रध्यानाध्यापकलाई प्रहरीले पक्राउ गरेको हो ।

मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । अपराध महाशाखाले प्रक्राउ गर्ने निर्देशनपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । – राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*