आईपीएलमा आज दिल्ली र हैदरावाद भिड्दै

ए वान डेस्क
२५ बैशाख २०७६, बुधबार १२:१४

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दैछन् । दुबै टोलीबीचको खेल बिशाखापटनममा साँझ पौने ८ः१५ बाट सुरु हुनेछ ।

समूह चरणमा बलियो देखिएको दिल्लीले चौथो स्थानमा रहेको हैदराबादसँग प्रतिस्पर्धा गर्न लागेको हो । दिल्ली अंक तालिकाको चौथो स्थानमा छ । दिल्लीले सन् २०१२ पछि पहिलो पटक ईलिमिनेटरमा स्थान बनाएको हो ।

दिल्ली पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । दिल्लीले समूह चरणका पछिल्ला पाँच खेलमध्ये एक खेलमा हार व्यहोर्नु परेको छ । यता हैदरावाद भने यो सिजन समूह चरणमा त्यति उत्कृष्ट देखिएको छैन् ।

अघिल्लो सिजन हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा रहेको थियो ।

हेड टु हेड
खेल– १४
दिल्ली– ५ मा जित
हैदराबाद– ९ मा जित

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*