बाराको आधाभारमा बसले किच्दा एकको मृत्यु
बाराको आधाभारमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । हेटौडाबाट विरगञ्जतर्फ आउदै गरेको ना१२प १३७८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले दिएको जानकारी अनुसार मोटरसाईकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाईकल पल्टिएपछि चालक उच्छिटिएर विरगञ्जबाट हेटौडातिर जादै गरेको भारतिय बसको चक्का मुनि पसेका थिए ।
पथलैयाबाट १ किलोमिटर अगाडी आधाभार जंगलमा यु.पि ६५ बि.टि ३१३२ नम्बरको गाडिको चक्काले किच्दा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका मृतकको परिचय खुल्न सकेको छैन् ।















