प्रदेश २ को पर्यटन बिकासमा होटल तथा पर्यटन व्यवसायी महासंघको चासो
प्रदेश २ को पर्यटन बिकास एवं प्रवर्र्धनका लागी नेपाल होटल तथा पर्यटन ब्यबसायी महासंघले प्रदेश २ को नितिगत १२ बुंदे सुझाव हस्तान्त्रण गरेको छन् । शनिबार पर्साको बिरगंजमा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत र पर्यटन मन्त्री राम नरेश याबदलाई संयुक्त हस्तान्तरण गरेको हो ।
प्रदेश नंम्बर २ को पर्यटन बिकास तथा प्रवर्धन गर्दै पर्यटनलाई व्यवसायीकरण गर्न सरकार र निजि क्षेत्रको लगानी तथा सहभागिता public privet partner model मा तपशिलमा उल्लेखित निति तथा कार्य योजना लाई प्राथमिकताका साथ कार्यन्वयन गर्न गराउन महा“संघले नितिगत १२ बुंदे सुझाव हस्तान्त्रण गरेको छ । महासंघले बुझाएको नितिगत १२ बुंदे सुझावलाई स्विकार गर्दे प्रदेश २ का मुख्यमन्त्रि राउतले यस सुझाबलाई प्रदेश नम्बर २ को प्रर्यटन बिकासको मुख्य खाकामानी यसबर्षको निति तथा कार्यक्रममा समाबेश गरि बजेट बिनियोजन गरिने बताए ।
शो कार्यक्रमलाई सम्बोधन गर्दे पर्यटन मन्त्री राम नरेश यादबले प्रर्यटन सम्बन्धी कामगर्ने निजि क्षेत्रका यस महा“सघले प्रदेश नम्बर २ को प्रर्यटन बिकासमा गम्भिर भएर लागेको देख्दा आफु हर्षित भएको र महा“सघले दिएको सुझाब यथासम्भब कार्यन्वयन गर्ने बताए । प्रदेश २ सरकारका निति निमार्ण प्रमुख डा.सुरेन्द्र कुमार झाले प्रदेश नम्बर २मा पर्यटन गतिबिधि गरिरहेको यस महासंघले समग्र प्रदेशको पर्यटन विकास तथा प्रबर्धनमा ध्यानपु¥याई दिएको यस्तो सुझाबलाई सकरात्मक सोचको रुपमा स्विकार गरेको बताए । उनले यस आर्थिक बर्षको निति निर्माणमा महासंघको सुझाब कार्यन्वयन हुन सक्ने विश्बास व्यक्त गरे ।
महासंघले कार्ययोजनाको लागि हस्तान्त्रण गरेको १२ बुदे सुझाब यस्ता छन् :
१.धार्मिक पर्यटन लाई ब्यबसायिक करण गर्न जनकपुरमा त्रेतायुग स्मरण गराउने गरी रामायण तथा मिथिला संस्कृती झल्किने पर्यटकिय फनपार्क निर्माण गरी धार्मिक पर्यटक लाई थपआकर्षण गर्ने गराउने ।
२.पर्यटन ब्यबसायलाई प्रोत्साहन तथा प्रवर्धन गर्न बागमती नुनथर क्षेत्रलाई प्रदेश नंम्बर२ कै प्रमुख वाटर स्पोट केन्द्रको रूपमा बिकास गरी स्तरिय सेवा सुविधा सहित आधुनिक पर्यटक आवासगृह निर्माण गर्दै पर्यटकिय गन्तब्यको रूपमाबिकास गर्ने ।
३.चन्द्रनिगाहपुर स्थित शहिदपार्क लाई ब्यबसायीक पर्यटन बिकास गर्न ट्री जम्पिङ, चिल्ड्रेन पार्क, वाटर स्पोट सहितको बृहत फनपार्क निर्माण गर्ने र स्तरिय सेवा सुबिधा सहितको पर्यटक आवास गृह निर्माण गने ।
४.निजानन्दधाम नजरपुरलाई नमुना धार्मिक पर्यटकिय स्थल घोषणा गरी थप सुन्दरता प्रदान गर्न पर्ने .
५.महोत्तरीको बर्दिबास स्थित पञ्चधुरा माइस्थानलाई धार्मिक पर्यटकीय स्थलको रूपमा बिकास गने ।
६. सप्तरी स्थित छिन्नमस्ता मन्दिर सुन्दरीकरण गरी पर्यटकिय स्थलबनाउने .
७. सिराहा स्थित बाबाताल बन्दीपुर पर्यटकिय स्थलको बिकास गर्ने ।
८. सर्लाहीमा नाडिताल चिल्ड्रेन गार्डेन पर्यटकिय स्थलबनाउने ।
९.बारा स्थित निजगढमा निर्माणाधिन अन्तराष्ट्रिय बिमानस्थलको सुन्दरतालाई ध्यानमा राख्दै कोशी टप्पु – जनकपुर–पर्सा नेशनलपार्क रूट लाई केन्द्र पर्ने गरी पुर्व पश्चिम राजमार्ग संगै फास्ट ट्रयाक जोडिने स्थानको दांया र बाया भगवान शिव र गौतम बुद्धको १००/१०० फिट अग्लो मुर्ति निर्माणका साथै मनोरञ्जनात्मक बगैंचा निर्माण गर्ने ।
१०.बिरगंजमा चिल्ड्रेन फनपार्क निर्माण गने ।
११.बारा स्थित बिश्व चर्चित गढिमाई मन्दिर क्षेत्रमा पर्यटक तथा तिर्थ यात्रीहरूलाई आवासको लागी धर्मशाला निर्माण गने ।
१२.पर्सा नेशनलपार्क लाई केन्द्रमा राखी वाटर होल्ड निर्माण गरि चुरियाको पहाडमा रक गार्डेन निर्माण गर्ने । लगाएतका १२ बुदे योजना आगामी निति तथा बजेटमा समाबेश को लागि जोड दिदै नितिगत सुझाब दिएका थिए ।
शो कार्यक्रमा महासंघको तर्फबाट सुझाब समिति संयोजक बरिष्ठ पर्यटन बिज्ञ युबराज लामा, बरिष्ठ उपाध्यक्ष उदय नारायण सापकोटा (सुरेन),महासचिब मोहन शर्मा लामिछाने, सचिब तबरेज आलम ,सदस्य छबिलाल उप्रेति लगाएतको सहभागिता रहेको महासंघका बरिष्ठ उपाध्यक्ष सापकोटाले जानकारी दिए ।















