सिमरामा चण्डी पुर्णिमाको अवसरमा बार्षिक पुजा हुने
ए वान डेस्क /
चण्डी पुर्णिमाको अवसरमा यसबर्ष पनि जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ स्थित सम्झौता टोलमा बार्षिक पुजा हुने भएको छ । गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिको आयोजनामा यसबर्ष पनि बार्षिक पुजा हुन लागेको हो ।
गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरमा यसबर्ष पनि हजारौ भक्तजनहरुको उपस्थितिमा बैधिक बिधि अनुसार पुजा गर्ने तयारी भईरहेको समितिका अध्यक्ष चन्द्र प्रसाद आचार्यले ए वान समाचारलाई जानकारी दिनुभयो । जेठ ४ गते हुने बार्षिक उत्सव कार्यक्रमकाबिच मन्दिर परिषरमा विधि अनुरुप पुजा तथा प्रसाद वितरण गरिने उहाले बताउनुभयो ।
गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरमा हुने पुजामा उपस्थित भई प्रसाद ग्रहण गर्न अध्यक्ष आचार्यले आग्रह गर्नुभयो । बार्षिक पुजाको तयारी अन्तिम चरणमा पुगेको समितिका पुर्व अध्यक्ष कुल बहादुर भट्राईले जानकारी दिनुभयो ।















