लाईभ म्युजिकको मज्जा लिन चाहनुहुन्छ ? औराहाको ब्रदरहुड जानुस्
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा ‘ब्रदरहुड लन्ज एण्ड बार’ सञ्चालनमा आएको छ । करिव ९० लाख रुपयाँको लागतमा औराहास्थित देवाश्रम नजिकै तयार भएको उक्त लन्ज एण्ड बारको प्रदेशसभा सदस्य सुन्दर बहादुर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।
सिमरा आसपासको क्षेत्रमा पहिलोपटक धेरै संख्यामा पाहुनाहरुलाई एकैसाथ स्वागत गर्न मिल्लेगरी निर्माण गरिएको उक्त बारमा बिवाह पार्टी, सेमिनार गर्न सकिने बारका सञ्चालक नविन खड्काले जानकारी दिनुभयो । सिमरा क्षेत्रको कोलाहल बातावरणबाट मुक्त भई परिवारका साथमा रमाईलो गर्न चाहानेहरुका लागी लक्षीत गरी लगानी गरिएको उहाले बताउनुभयो ।

बारमा ग्राहकको मनोरञ्जनका लागी लाईभ म्युजिकको समेत ब्यवस्था गरिएको खड्काले बताउनुभयो ।















