मेघ गर्जनसहित वर्षा हुने,यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

ए वान डेस्क
२ जेष्ठ २०७६, बिहीबार १४:११

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताए।

शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिए।

पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उनको भनाइ छ।

तीन दिनको मौसम :

जेठ २ गते (बिहिबार):

दिउँसो: देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।देशको पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा अपरान्हतिर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ३ गते (शुक्रबार):

दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ४ गते (शनिबार):

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। – सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*