मन्दिरको पुर्ननिर्माण गर्न पथलैयामा श्रीमद्भागवत
ए वान डेस्क /जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैयामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । मन्दिरको पुर्ननिर्माण गर्ने उदेश्यका साथ पथलैयामा रहेको ब्रम्हा बिष्णु, महेश्वर एवं श्री स्वस्थानी माताको मन्दिरमा महायज्ञ शुरु भएको हो ।
बिहिबारदेखि शुरु भएको महायज्ञ जेठ ८ गतेसम्म चल्नेछ । बिगत लामो समयदेखि जिर्ण अवस्थामा रहेको मन्दिरको पुर्ननिर्माण गर्ने उदेश्यसका साथ मन्दिरमा महायज्ञ लगाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका पुजारी खड्ग प्रसाद प्रसाईले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘सबैको सहयोग भयो भने मात्र मन्दिरको पुर्ननिर्माण सम्भव छ, त्यसकारण सबैको साथ र सहयोग आवश्यक छ’ उहाले भन्नुभयो । उहाले सामाजिक कार्यका निम्ति महायज्ञमा आफुले सक्ने सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
महायज्ञमा पण्डित सुमन सुवेदीले कथा बाचन गरिरहनुभएको छ ।















