इटालीमा चम्किए रोनाल्डो, एमभीपी अवार्ड हात पारे

ए वान डेस्क
५ जेष्ठ २०७६, आईतवार ११:४४

एजेन्सी । स्पेनीस क्लब रियल मेड्रिडमा क्लब फुटबलको अनेक कीर्तिमान कायम गर्दै इटालीयन क्लब युभेन्टसमा नयाँ चुनौति सामना गर्न गएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले मस्ट भ्यालुएबल प्लेयर (एमभीपी) को उपाधि हात पारेका छन् ।

इटालियन लिग सिरी ए मा उत्कृष्ट प्रदर्शन गर्दै टोलीले उपाधि जित्दा महत्वपूर्ण योगदान गरेका रोनाल्डोले उत्कृष्ट खेलाडी बन्नै आफुलाई पुनः प्रमाणित गरेका छन् । लिगमा उनले २२ गोल र ११ असिस्ट गरेका छन् ।

उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सकेनन् । युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा अयाक्ससँग पराजित भएको थियो
उनले युभेन्टसमा प्रशिक्षक मासिमिलियानो अलेग्रीसँग काम गर्न पाउँदा आफुलाई खुशी लागेको बताएका छन् । यसै सिजनमा बाट प्रशिक्षक अलेग्रीले क्लब छोड्ने तयारी गरिरहेको अलेग्रीलाई रोनाल्डोले धन्यवाद दिएका छन् ।

उनले भने, ‘सबैकुराको लागि धन्यवाद । हामीले क्लबमा एक सिजनमात्रै बिताउने मौका पायौं, तर तपाई शानदार प्रशिक्षक र उत्कृष्ट व्यक्तित्व हुनुहुन्छ । ’

यस्तो छ सिरी ए मा अवार्ड पाउने खेलाडीको सूची

एमभीपी– क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
उत्कृष्ट गोलरक्षक – सामिर हान्डानोभिच (इन्टर मिलान)
उत्कृष्ट डिफेन्डर – कालिडु कौलीबली (नापोली)
उत्कृष्ट मिडफिल्डर – सर्जे मिलिन्कोभिच-साभिच (लाजियो)
उत्कृष्ट फरवार्ड – फाबियो क्वाग्लीआरेल्ला (साम्पडोरिया)
उत्कृष्ट युवा खेलाडी – निकोलो जानिओलो (रोमा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*