औराहमा नेपाली सेनाले बनायो ‘जानकी भवन’

ए वान डेस्क
५ जेष्ठ २०७६, आईतवार १५:०७

बिभिन्न समयमा देशका लागी साहदत प्राप्त गरेका आफ्ना जवानहरुको सम्झनामा नेपाली सेनाले नागरिकहरुका लागी क्रियापुत्री भवन निर्माण गरेको छ ।

देशको बिकास निर्माण सँगै बिभिन्न किसिमका सामाजिक कार्यमा सहभागी हुँदै आएको सेनाले बाराको जीतपुरसिमरा उपमहानगरको वडा नम्बर ४ ओराहास्थित प्रगतिशिल सामुदायिक बन समुहअन्तर्गत देवाश्रम नजिकै उक्त क्रियापुत्री भवन निर्माण गरेको हो ।

करिब १५ लाख रुपयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त क्रियापुत्री भवनलाई नेपाली सेनाले ‘जानकी भवन’ नाम दिएको छ ।

नम्बर २८ बाहिनी अड्डा जीतपुरको पहलमा निर्माण भएको भवनको साँचो आईतबार एक कार्यक्रमका बिच बाहिनीपती सहायक रथी विनय विक्रम राणाले सोही वडाका अध्यक्ष ईश्वर खत्रीलाई हस्तान्तरण गरे ।

साँचो हस्तान्तरण गर्दै सहायक रथी राणाले समाज उथ्थानका हरेक क्रियाकलापहरुमा संलग्न भई नागरिक सैनिक सम्बन्ध सुुदृढ गर्न नेपाली सेना कटीबद्ध रहेको बताए । ‘राष्ट्रमा आईपर्ने हरेक प्रकारका प्राकृतीक बिपत्तीहरुमा नेपाली सेनाले बिगतमा खेलेका भुमिकालाई मनन् गर्दै संबिधानले निर्दिष्ट गरेका जिम्मेवारीहरु पुरा गर्न नेपाली सेना हमेसा तयार रहन्छ’ उनले भने ।

यसैक्रममा स्थानिय सरकारसँग हातेमालो गरेर सैनिक नागरिक सम्बन्धलाई थप सुदृढ गर्ने कार्य निरन्तर जारी रहने उनले बताए ।त्यसैगरी भवनको

साँचो ग्रहण गर्दै वडा अध्यक्ष खत्रीले सामाजिक कार्यहरुमा नेपाली सेनाले खेलेको भुमिका अनुलनिय रहेको जिकिर गरे । सामाजिक समस्या एवं प्रकृतीक बिपत्तीमा परेकाहरुको पुर्नउत्थानमा सेनाको संलग्नता र योगदानको आँफुहरुले कदर गर्नुपर्ने भन्दै प्रशंसा गरे ।

सेनाले निर्माण सम्पन्न गरि सुम्पीएको उक्त भवन संरक्षण र उपभोग दुुबै चुनौतीपूर्ण रहेको भन्दै उनले यसको संरक्षणका लागी बिशेष समिती गठन गरेर जिम्मा लगाउने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकी, नम्बर २८ बाहिनीका महासेनानी सुशिल श्रेष्ठ, चन्दनथान गण कलैयाका गणपती प्रमुख सेनानी पारस बिक्रम साह, तारादल गण बाराका गणपती निखिल कुँवर, चण्डी प्रसाद गण पर्साका गणपती ?ीजन मल्ल, प्रगतिशिल सामुदायिक बन उपभोक्त समिती औराहाका अध्यक्ष रमेश खरेल, औद्योगिक शुरक्षा गुल्म औराहाका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक गौतम कुावर, घण्टीमाई बचत तथा ऋण सहकारी संस्था औारहाकी अध्यक्ष कोपिला सिम्खडालगायत स्थानिय समाजसेबी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

नम्बर २८ बाहिनी अड्डा जीतपुरको पहलमा मातहतका श्री समशेर गण सर्लाही, इन्द्रबक्स गण रौतहट, चन्दननाथ गण बारा, तार दल गण बारा, चण्डीप्रसाद गण पर्साको आर्थीक एवं श्रम सहयोगमा निर्माण सम्पन्न उक्त भवनका लागी सिमरास्थित जगदम्बा स्टिलले जस्ता तथा ट्रष्ट सहयोग गरेको बाहिनी अड्डाका बाहिनीपती राणाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*